ad ad

बागमती


विद्यालय जाँदै गरेका बालकलाई ट्रकले ठक्कर दिँदा मृत्यु

विद्यालय जाँदै गरेका बालकलाई ट्रकले ठक्कर दिँदा मृत्यु

नेपालखबर
मंसिर २७, २०८० बुधबार १८:४६, हेटौंडा

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, रमनाटारमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ वर्षीय उमेश प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

बुधबार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३७८३ नम्बरको खाली ट्रकले पैदलयात्री प्रजालाई ठक्कर दिएको थियो। विद्यालय जाँदै गरेका प्रजालाई ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी पठाएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो।

उपचारको क्रममा बुधबार पुरानो मेडिकल कलेज भरतपुर चितवनमा डाक्टरले मृत घोषणा गरेका थिए। ट्रक र ट्रकचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .