ad ad

बागमती


बाढी महाशाखाको ‘अलर्ट’ : काठमाडौँसहित यी १५ जिल्लामा उच्च सतर्कता अपनाइराखौँ

बाढी महाशाखाको ‘अलर्ट’ : काठमाडौँसहित यी १५ जिल्लामा उच्च सतर्कता अपनाइराखौँ

बुधबार हनुमन्ते खोलामा उर्लिएको बाढी


नेपालखबर
साउन १६, २०८१ बुधबार १०:५७, काठमाडौँ

बाढी पूर्वानुमान महाशाखाले आज (बुधबार) काठमाडौँसहित १५ जिल्लामा उच्च सतर्कता अपनाउन सुझाव दिएको छ। 

बाढी महाशाखाले बुधबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गरी आज काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँची, स्याङजा, गुल्मी, कपिलवस्तु, दैलेख, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव हुनसक्ने अनुमान रहेको जानकारी दिएको हो। 

महाशाखाले सचेत गराउँदै भनेको छ- उच्च सतर्कता अपनाइराखौँ। 

साथै आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, नुवाकोट, मकवानपुर, सिन्धुली, चितवन, कास्की, पर्वत, दाङ, बाँके, बर्दिया, अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा पनि बहाव बढ्ने सम्भावना छ।

महाशाखाले सजग गराउँदै अगाडि भनेको छ- सतर्कता अपनाइराखौँ। 

बाढीबारे थप जानकारी तल-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .