ad ad

राजनीति


ओलीलाई सुझाव : पुनर्गठनको चर्चा धेरै भयो, गर्ने भए चाँडो गर्नुस्

ओलीलाई सुझाव : पुनर्गठनको चर्चा धेरै भयो, गर्ने भए चाँडो गर्नुस्

नेपालखबर
मंसिर १, २०७६ आइतबार १३:५३,

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि चर्चामा रहेको मन्त्रिपरिषद पुनर्गठन सोमबार गर्ने संभावना रहेको सत्तारुढ दलका नेताहरुले बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आइतबार बसेको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल भएको छ।

छलफलमा सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद पुनर्गठनको विषयबारे बाहिर चर्चा बढी भएको भन्दै अब त्यसलाई किनारा लगाउन सुझाव दिएका थिए। ‘मन्त्रिपरिषद पुनर्गठनको विषयबारे बाहिर धेरै हल्ला भयो। यो राम्रो भएन। त्यसले राम्रो परिणाम दिँदैन,’ एक सचिवालय सदस्यले बैठकमा भएको छलफल उद्धृत गर्दै नेपालखबरलाई बताए। ‘पुनर्गठन गर्ने भए चाँडो गर्नुहोस्, नभए त्यसलाई धेरै चर्चाको विषय नबनाउनु होस।’

बैठकमा नेताहरुले भ्रष्टाचारको आरोप लागेका, कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरुलाई हटाउन र राम्रा व्यक्तिहरुलाई मन्त्रीमा ल्याउन सुझाव दिएका थिए। अर्का सचिवालय सदस्यले प्रधानमन्त्रीले मन्त्रिपरिषद् सोमबार पुनर्गठन गर्ने संभावना अत्याधिक रहेको बताए। ‘प्रधानमन्त्रीले भोली नै गर्छु भनेर भन्नु भएन तर भोली हुने संभावना बढ्दै गएको छ,’ ती सदस्यले भने।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिएका थिए। १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छाडेपछि शनिबार मात्रै तेस्रो पटक डायलाइसिस गरेका प्रधानमन्त्री ओलीले बैठकमा थप उपचारका बारेमा कुनै जानकारी भने गराएका छैनन्।

यसैगरी बैठकले प्रवास समन्वय समितिको इन्चार्जमा केन्द्रीय सदस्य विन्दा पाण्डेलाई तोकेको छ। सहइन्चार्जमा लक्ष्मण पन्त, अध्यक्षमा युवराज चौलागाई र सचिवमा श्रीप्रसाद साहलाई तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .