ad ad

कारोबार


विनोद चौधरी हालसम्मकै धनी, १ अर्ब ८० करोड डलर पुग्यो सम्पत्ति

विनोद चौधरी हालसम्मकै धनी, १ अर्ब ८० करोड डलर पुग्यो सम्पत्ति

नेपालखबर
चैत २२, २०७९ बुधबार १३:२१, काठमाडौँ

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले सम्पत्ति आर्जनमा छलाङ मारेका छन्। 

चर्चित म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा उनको सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको देखिएको हो। 

उनी फोर्ब्स सूचीका १६४७औँ अर्बपति रहेका छन्। 

६७ वर्षका उनको सम्पत्ति स्रोत विविध रहेको छ। काठमाडौंका उनका तीन सन्तान छन्। 

फोर्ब्सले सार्वजनिक गरेको यो सम्पत्ति उनी विश्व अर्बपति वरीयतामा परेयताकै सबैभन्दा धेरै हो। 

सन् २०१४ मा उनी अर्बपति सूचीमा प्रवेश गरेका थिए। त्यतिबेला उनको सम्पत्ति १.१ अर्ब डलर थियो। 

त्यसपछि २०१५ मा १.३ अर्ब डलर, सन् २०१६ मा १.१ अर्ब डलर, २०१७ मा १.३ अर्ब डलर, २०१८ मा १.५ अर्ब डलर, २०१९ मा १.७ अर्ब डलर, २०२० मा १.४ अर्ब डलर, २०२१ मा १.४ अर्ब डलर, २०२२ मा १.५ अर्ब डलर रहेकोमा सन् २०२३ मा आइपुग्दा १.८ अर्ब डलर पुगेको हो। 

को हुन् चौधरी? 
चौधरी सीजी कर्प ग्लोबलका मालिक हुन्। उनको नबिल बैंक र वाइवाइ चाउचाउ उत्पादक सीजी फुड्समा ठूलो सेयर स्वामित्व छ। 

वाइवाइ चाउचाउका भारत, सर्बिया र बंग्लादेशमा कारखाना रहेको छ। इजिप्टमा अर्को कारखाना निर्माणको चरणमा छ। जसले धेरै प्रकारका ससेज ल्याउने तयारी छ। 

सीजीको होटल सम्पत्ति पनि छ। १४३ वटाको स्वामित्व रहेकोमा अन्य सम्पत्ति समेत व्यवस्थापन गरिरहेको छ। त्यसमा भारतको ताज होटल चेन समेत समावेश छ। 

उनका छोराहरु निर्वाणले नेपालमा र राहुल र वरुणले विदेश बसेर सीजी ग्रुप हाँकिरहेका छन्। निर्वाण र राहुल ग्रुपका प्रबन्धनिर्देशक रहेका छन्।  

यो पनि : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .