ad ad

कारोबार


वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय अध्ययन गर्न क्षेत्रीको अध्यक्षतामा समिति गठन

वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय अध्ययन गर्न क्षेत्रीको अध्यक्षतामा समिति गठन

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १८:२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति गठन गरेको छ। 

मन्त्रालयले शुक्रबार पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा समिति गठन गरेको हो। 

वायुसेवा निगमको व्यावसायिक दक्षता अभिवृद्धि, बजार विस्तार, मानव स्रोतको उचित व्यवस्थापन गर्न आवश्यक परेकाले समिति गठन गरेको जनाएको छ। 

५ सदस्यीय समितिमा क्षेत्रीसहित क्याप्टेन ओम गुरुङ, पत्रकार टिकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियुष आनन्द र सहारा न्यौपाने सदस्य छन्। 

समितिले २ महिनाभित्र प्रतिवेदन पेश गर्नेछ। समितिलाई ८ वटा कार्यक्षेत्र तोकिएको छ।  

नेपाल वायुसेवा निगमको आर्थिक, वित्तीय, भौतिक तथा मानवीय स्रोत साधनसम्बन्धी विषयमा विगत ५ वर्षको अवस्था अध्ययन गर्नुपर्ने भएको छ। 

निगमको व्यावसायिक तथा रणनीतिक योजना सोको कार्यान्वयनको अवस्था अध्ययन गर्ने, निगमको सम्पत्ति, ऋण तथा अन्य दायित्वको अवस्था एकीन गर्ने, निगमका नीतिगत तथा कानुनी पक्षको अध्ययन गर्ने कार्यक्षेत्र रहेको छ। 

निगमको बजार विस्तार, सेवा विस्तार, वायुयानको अवस्था, उडान संख्या, गन्तव्यलगायत व्यावसायिक पक्षको अध्ययन गर्ने, व्यवस्थापकीय पक्षमा रहेका समस्याहरुको पहिचान गर्ने, निगमको समग्र व्यवस्थापकीय पक्षमा गरिनुपर्ने सुधारको खाका तयार गर्ने र निगम पुनर्संरचना गर्नुपर्ने क्षेत्रहरुको पहिचान गरी पुनर्संरचनाको प्रस्ताव गर्ने जिम्मेवारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .