ad ad

कारोबार


यी २० देश जहाँ बस्छन् संसारका धेरै अर्बपति

यी २० देश जहाँ बस्छन् संसारका धेरै अर्बपति

जोन ह्यात
चैत २५, २०७९ शनिबार ९:२, काठमाडौँ

एकदमै धनीहरु संसारमा जहाँसुकै छन्।

फोर्ब्स २०२३ को विश्व धनाढ्य वरीयतामा गत वर्षको ७५ बाट बढेर सन् २०२३ मा ७७ देश या क्षेत्रबाट २ हजार ६४० जना अर्बपतिहरु समावेश छन्। 

यसपटक पानामा र आर्मेनियाबाट १/१ जना नयाँ अर्बपति थपिएका छन्। पानामाबाट लगानीकर्ता स्ट्यान्ले मोटा र आर्मेनियाबाट बैंकर रुबेन भार्डान्यान समावेश भएका हुन्।

उनी गत वर्ष अर्बपति वरीयताबाट बाहिरिएका थिए। रुबेनले सन् १९९० को दशकमा रुसमा सम्पत्ति आर्जन गरेका थिए। गत वर्ष उनले रुसी नागरिकता त्यागेका थिए। 

अमेरिकाकै वर्चस्व, ४५ खर्ब सम्पत्ति 
संयुक्त राज्य अमेरिकाले धेरै अर्बपतिमा यस वर्ष पनि आफ्नो वर्चस्व जोगाएको छ। यस वर्ष पनि अमेरिकामा ७३५ अर्बपति रहेका छन् जुन गत वर्षकै बराबरी संख्या हो। 

यो वर्ष कान्ये वेस्ट र साम बेंकम्यान फ्रायड वरीयताबाट हराउँदा ६० बढी अमेरिकी नागरिक यो वर्ष फोर्ब्स अर्बपति सूचीमा समावेश छन्। सर्वधनाढ्यमा अमेरिका यस वर्ष पछि परेको छ।

विलासी सामान बिक्रेता बर्नार्ड आर्नोले इलोन मस्कको नम्बर १ वरीयता खोसे पनि अमेरिकामा विश्वका २५ उच्च धनाढ्यमध्ये १७ जना रहेका छन्। 

अमेरिकी अर्बपतिहरुको कुल सम्पत्ति ४५ खर्ब अमेरिकी डलर समपत्ति छ जुन गत वर्ष ४७ खर्ब डलर रहेको थियो। 

दोस्रो धेरै अर्बपति चीनमा, १६ खर्ब डलर 
यता अमेरिकापछि धेरै अर्बपति हुनेमा चीन दोस्रो नम्बरमा छ। हङकङ र मकाउलाई छाडेर मूलभूमिमा कुल ४९५ अर्बपति रहेका छन्।

जसको कुल सम्पत्ति १६ खर्ब ७० अर्ब अमेरिकी डलर रहेको छ। सन् २०२२ मा चीनमा ५३९ अर्बपति थिए भने उनीहरुको कुल सम्पत्ति १९ खर्ब ६० अर्ब डलर थियो। अमेरिका र चीन दुवै देशमा अर्थतन्त्रको प्रभाव धनाढ्यको सम्पत्तिमा देखिएको छ। 

यसपटक इ–सिगरेट व्यवसाय सियोङ शाओमिङ र सिंघुवा युनिग्रुपका प्रमुख झाओ वेइगुओ अर्बपति वरीयताबाट बाहिरिएका छन्। 

भारतमा १६९ जना, ७५ अर्ब डलर घट्यो 
यता तेस्रो धेरै अर्बपति हुने देश भारत रहेको छ। भारतमा १६९ जना अर्बपति रहेका छन्।

तीन जना नयाँ अर्बपति वरीयतामा आए पनि भारतीय अर्बपतिहरु यस वर्ष गत वर्षभन्दा ७५ अर्ब डलरले ‘गरिब’ भएका छन्। उनीहरुको कुल सम्पत्ति ६ खर्ब ७५ अर्ब डलर मात्रै रहेको छ।

यसमा खास गरी अदानी ग्रुपका गौतम अदानी मुख्य कारण देखिएका छन्। उनको सम्पत्ति ९० अर्ब डलरबाट घटेर ४७.२ अर्ब डलर मात्रै छ। अदानीको झण्डै ४३ अर्ब डलर गिरावट आएको छ। 

जर्मनीमा १२६ अर्बपति 
त्यसैगरी चौथो धेरै अर्बपति हुने देशमा जर्मनी छ। गत वर्ष १३४ जना अर्बपति रहेको जर्मनीमा यस वर्ष घटेर १२६ मा झरेको छ।

यसपटक गेमिङ कम्पनी युनिटी सफ्टवेयरका सहसंस्थापक जोचिम एन्टे र नाउफ जिप्स केजीका तीन उत्तराधिकारी वरीयताबाट बाहिरिएका छन्।

जर्मनीका धनाढ्यमा भने स्क्वार्ज ग्रुपका डाइटर स्क्वार्ज छन्। उनीसँग ४२.९ अर्ब डलर सम्पत्ति रहेको आकलन छ। उनको ग्रुपले वार्षिक १ खर्ब ४० अर्ब डलरको बिक्री गर्छ। 

रुसी अर्बपतिको छलाङ 
युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धका बाबजुद यस वर्ष रुसी अर्बपतिले भने छलाङ मारेका छन्। रुसमा यो वर्ष १०५ अर्बपति रहेका छन् भने उनीहरुको कुल सम्पत्ति ४ खर्ब ७४ अर्ब अमेरिकी डलर छ। गत वर्ष रुसमा ८३ अर्बपति मात्रै रहेका थिए भने उनीहरुको सम्पत्ति ३ खर्ब २० अर्ब अमेरिकी डलर थियो। 

रुसी अर्बपतिले गुमाएको सम्पत्ति फिर्ता ल्याउन सफल भएको देखिएको हो। कुल १०५ मध्ये २५ जना पुनः वरीयतामा फर्किएका अर्बपति हुन्। गत वर्ष उनीहरु यसबाट बाहिरिएका थिए। सन् २०२१ मा रुसमा ११७ जना अर्बपति थिए भने उनहिरुको कुल सम्पत्ति ५ खर्ब ८४ अर्ब रहेको थियो। 

रुसकै सर्वधनाढ्य आन्द्रे मेल्निचेन्कोको सम्पत्ति गत वर्षको ११.१ अर्ब डलरबाट बढेर यो वर्ष २५.२ अर्ब डलर पुगेको छ। उनको मल कम्पनी युरोकेम रहेको छ। युद्धका कारण मलको मूल्य बढ्दा उनले फाइदा उठाएका हुन्।

त्यस्तै तेल व्यवसायी भाजित अलेक्पेरोभको पनि १० अर्ब सम्पत्ति बढेको छ भने स्टिल व्यवसायी अलेक्सी मोर्दाशोभको ७.७ अर्ब डलर बढेको छ। यता निकेल व्यवसायी भ्लादिमिर पोटानिनको ६.४ अर्ब डलरले सम्पत्ति वृद्धि भएको छ। 

२० देशमा कहाँ कति अर्बपति? 

  • अमेरिका ७३५
  • चीन ४९५
  • भारत १६९ 
  • जर्मनी १२६ 
  • रुस १०५
  • हङकङ ६६ 
  • इटली ६४ 
  • क्यानडा ६३
  • ताइवान ५२ 
  • बेलायत ५२
  • ब्राजिल ५१ 
  • अस्ट्रेलिया ४७ 
  • फ्रान्स ४३ 
  • स्विटजरल्यान्ड ४१
  • जापान ४० 
  • स्विडेन ३९ 
  • सिंगापुर ३५ 
  • दक्षिण कोरिया ३० 
  • इजरायल ३० 
  • इन्डोनेसिया २९ 

फोर्ब्सबाट। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .