ad ad

कारोबार


मिटरब्याजपीडित र सरकारबीच आज दोस्रो वार्ता गृह मन्त्रालयमा

मिटरब्याजपीडित र सरकारबीच आज दोस्रो वार्ता गृह मन्त्रालयमा

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०७९ सोमबार ८:४२, काठमाडौँ

मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ। 

मिटरब्याजपीडितका तर्फबाट गठित वार्ता टोलीका सदस्य नीर्ग नविनका अनुसार आजको वार्ता बिहान साढे ११ बजे गृह मन्त्रालयमा हुनेछ। 

गृह मन्त्रालयका सहसचिव प्रदीप कोइराला नेतृत्वको सरकारी वार्ता टोलीसँग हिजो (आइतबार) शान्तिवाटिकामा भएको पहिलो वार्ता निष्कर्षमा नपुगेपछि आज दोस्रोपटक वार्ता हुन लागेको नवीनले बताए। 

वार्तामा मिटरब्याजपीडितका तर्फबाट अवधेश कुशवाहा नेतृत्वको टोली सहभागी हुनेछ।  

‘हामीले हिजो ६ बुँदे माग पेस गरेका छौँ’, मिटरब्याजपीडित वार्ता टोलीका सदस्य नवीनले भने, ‘आज त्यस विषयमा छलफल हुनेछ।’

साहु–महाजनसँग भएका सम्पूर्ण लिखत बदर गरिनुपर्ने, मिटरब्याजलाई अपराध घोषणा गर्ने कानुन बनाउनुपर्नेलगायत माग ६ बुँदेपत्रमा राखिएको उनले जानकारी दिए। 

मधेशका आठै जिल्लालगायत देशका विभिन्न जिल्लाबाट न्याय खोज्दै आएका मिटरब्याज पीडितहरूको यो दोस्रो टोली हो। यसअघि महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर आएका मिटरब्याज पीडितका पहिलो टोलीसँग पनि सरकारले वार्ता गरेको थियो। तर त्यसबेला भएको पाँचबुँदे सहमति फितलो भएको भन्दै दोस्रो टोलीले पुनः संघर्ष थालेको हो। पहिलो टोली भने फर्किसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .