नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिले नेपाली वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन्।
राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
नेपालको अर्थतन्त्र सुधार उन्मुख रहेकाले वित्तीय क्षेत्र सुरक्षित रहेको गभर्नर अधिकारीको भनाइ छ।
‘सानो धक्काले असर गर्दैन’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा पुँजी पर्याप्तता बढी नै छ।’
उनले पुँजी पर्याप्तता ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशत रहेको बताए।
साथै निष्क्रिय कर्जा समेत २.६३ प्रतिशत रहेको उल्लेख गर्दै उनले विद्युतीय कारोबार उल्लेख बढेको बताए।
66
Shares
प्रतिक्रिया