बुधबार बैंकर संघले ब्याजदर घटाउने निर्णय गरेसँगै सेयरबजार उत्साह आएको छ।
ब्याजदर घटाउने निर्णय भएसँगै नेप्से परिसूचक करिब ४० अंकले बढेको छ।
आज ११ः४० अवधिमा नेप्से परिसूचक ३९.२१ अंकले बढेर १९१० विन्दुमा पुगेको छ।
यसअघि अर्थमन्त्री प्रकाशशरण महत समेत बजारप्रति सकारात्मक देखिएका थिए। नीतिगत रुपमा बजार बढ्ने नीति नआउँदा बजार बढ्न सकेको थिएन।
36
Shares
प्रतिक्रिया