ad ad

कारोबार


सेवा आयातमा एलसी खोल्नु नपर्ने, विदेशी मुद्रा सटहीको सीमा हेरफेर

सेवा आयातमा एलसी खोल्नु नपर्ने, विदेशी मुद्रा सटहीको सीमा हेरफेर

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १६:३२, काठमाडौँ

अबदेखि मालवस्तुबाहेक अन्य आयातको हकमा प्रतीतपत्र (एलसी) अनिवार्य नहुने भएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी गरेको एकीकृत परिपत्र–२०७९ मा संशोधन/परिमार्जन गरी सो व्यवस्था गरेको हो। 

यसअघि माल वस्तु आयात गर्ने प्रयोजनको लागि ड्राफ्ट टीटीमार्फत आयात गर्न पाइने सीमाभन्दा बढीको हकमा प्रचलित व्यवस्था रही प्रतीतपत्रको माध्यमबाट मात्र प्रदान गर्नुपर्नेछ भन्ने व्यवस्था थियो। 

सोही व्यवस्थामा मालवस्तुबाहेक अर्थात् सेवाजन्य अन्य आयातको हकमा प्रतीतपत्र अनिवार्य नहुने व्यवस्था थपिएको छ। 

साथै, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले  वैदेशिक अध्ययनको स्वीकृति ‘नो अब्जेक्सन लेटर’सम्बन्धी विवरण एकीन गरी सटही सुविधा उपल्ब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। 

यस्तो सटही सुविधा अधिकतम अमेरिकन डलर १००० वा सो बराबरको अन्य परिवर्त्य  विदेशी मुद्रा प्रदान गर्न सकिनेछ।

तर, भिसा आवेदकको हकमा दूतावासलगायत भिसा आवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा (विद्युतीय माध्यम समेत) तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा अधिकतम अमेरिकन डलर १००० को सीमाले बाधा नपुग्ने भएको छ। 

विश्वविद्यालयले लिने सेवाको हकमा विदेशी प्राकृतिक व्यक्तिलाई समेत भुक्तानी गर्न सकिनेछ। यस्तो भुक्तानीको सीमा वार्षिक अमेरिकन डलरको ५० हजारसम्म हुनेछ। 

साथै ५० हजार सानो डलर खरिद दरबीच फरक नेरु ०.६० पैसा बढी हुनेछैन भन्ने व्यवस्था गरिएको छ। 

नेपाली नागरिकसँग अमेरिकन डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजात उल्लिखित सम्पूर्ण रकम)को खरिद कारोबार गर्न सकिनेछ। 

तर, विदेशी इष्टमित्र र ग्राहकहरुबाट उपहार टिप्सबाट प्राप्त रकम भने एकीकृत इ.प्रा परिपत्र ९/२०७९ को दफा २ (ज) मात्र सटही गर्न सकिने व्यवस्था थपेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .