ad ad

कारोबार


अर्थमन्त्री-चिनियाँ राजदूत भेट : टोखा छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा जाने

नेपालको पूर्वाधार विकासमा करिब ८० अर्ब सहयोग दिने चीनको तयारी
अर्थमन्त्री-चिनियाँ राजदूत भेट : टोखा छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा जाने

अर्थमन्त्री महत र चिनियाँ राजदूत। तस्बिर : अर्थमन्त्रीको सचिवालय


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १७:५४, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाश शरण महतसँग चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन्।

भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा लैजानेबारे छलफल भएको हो।

त्यसैगरी मुस्ताङ, रसुवागढीजस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङमार्गहरु बनाउने विषयमा छलफल भएको छ।

चीनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्र्याउने विषयमा पनि छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री डा. महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने बताएका थिए।

भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराएको सचिवालयले जनाएको छ। 

चीन सरकारले उपलब्ध गराउने सहयोग रकमको पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने विश्वास राजदूत सोङले व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .