ad ad

कारोबार


धेरै विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक सम्मानित

धेरै विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक सम्मानित

नेपालखबर
बैशाख १७, २०८० आइतबार १५:५६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आफ्नो ६८औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेकोे एक समारोहका बीच हिमालयन बैंकलाई सम्मान गरेको छ। 

केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंकलाई सम्मान गरेको हो। 

सो समारोहमा सम्मानस्वरुप नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन्। 

हिमालयन बैंकले आ.व. २०७८÷७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएको थियो। 

करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा “हिमालरेमिट”मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा–सुविधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ। 

बैंकले संसारभरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रित प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ। 

हाल बैंकले देशभरि फैलिएका हिमालरेमिटका १८ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ भने बैंकले देशभरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा पनि प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .