आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ।
ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उदेश्यका साथ आईएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको जनाएको छ।
सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने छ। रिवार्ड पोइन्ट जुन सुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने छ।
सो रिवार्ड पोइन्ट कारोवार गर्दै जादा जोडिँदै जाने छ र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्ने कम्पनीको भनाई छ।
21
Shares
प्रतिक्रिया