ad ad

कारोबार


सीजीनेटले ल्यायो हातै खाली नरहने विशेष अफर, बोनसदेखि नगद छुटसम्म

सीजीनेटले ल्यायो हातै खाली नरहने विशेष अफर, बोनसदेखि नगद छुटसम्म

नेपालखबर
असोज १७, २०८१ बिहिबार १५:२०, काठमाडौँ

दशैँ, तिहार, छठ तथा इद पर्वको अवसरमा सीजीनेटले असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा हातै खाली नरहने विशेष अफरहरू लिएर आएको छ।

अफरमा सीजीनेटका सम्पूर्ण ग्राहकहरूले फास्टेस्ट इन्टरनेट सेवासँगै ३ महिनासम्मको बोनस १ हजार ५०० रुपैयाँसम्मको नगद छुट, इन्स्ट्यान्ट क्यासब्याक र फ्री वाइफाइ–६ अपग्रेड पनि पाउन सक्नेछन्।

यस हातै खाली नरहने अफरको साथमा, सीजीनेटको १०१ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले सुरुवाती मूल्य ९ हजार ९९९ रुपैयाँ मात्रमा स्मार्ट बल्ब निःशुल्क पाउनेछन्। 

१५० एमबीपीएस र २५० एमबीपीएसको नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य १२ हजार ४९९ रुपैयाँमा अत्याधुनिक क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) निःशुल्क पाउनेछन्। यसैगरी, ३५० एमबीपीएस र ६६६ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य रु. १४,४९९ मा दुवै निःशुल्क पाउनेछन्। 

नेपालका अधिकांश सहरमा सस्तो, छिटो, र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आक्रामक व्यापार गरिरहेको यस कम्पनीले आफ्ना ग्राहकहरूलाई दैनिक रूपमा सी जी डिजिटल, मिनिसो, फॉरएवर यंग, कस्पेरस्काई एन्टि भाइरस, नेपाल टी कलेकटिभ्स र कलास्सीक डायमंडका सामान खरिदमा ७० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ। साथै, चैतन्य स्पाः र पठावबाट सेवा लिँदा पनि यति नै मात्राको छुट उपलब्ध गराइएको छ। 

त्यस्तैगरी, नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले साप्ताहिक रूपमा रु. ५०,००० मूल्य बराबरका मिनिसो र फॉरएवर यंग ब्रान्डका सामान उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् । साथै, नोथिंग ब्रान्डको सीएमएफ फोन–१, एयरबर्ड, र मिराया रिसोर्टमा एक रातको आकर्षक प्याकेज पनि घोषणा गरिएको छ । आक्रामक बजार नीतिका साथ, आफ्ना ग्राहकहरूलाई यस योजना अन्तर्गत मासिक रूपमा वाशिङ्ग मेसिन, माइक्रोवेभ ओभन, तथा बम्पर उपहार योजना अन्तर्गत हिरोको जूम स्कुटर उपहार स्वरूप घोषणा गरेको छ ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .