ad ad

कारोबार


बाढी र पहिरोले ५ मुख्य राजमार्ग अझै बन्द : कहाँ कति छ अवरोध?

बाढी र पहिरोले ५ मुख्य राजमार्ग अझै बन्द : कहाँ कति छ अवरोध?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी।


नेपालखबर
असोज १७, २०८१ बिहिबार १६:१२, काठमाडौँ

यही असोज ११ र १२ गते आएको निरन्तरको वर्षात् र त्यसपछिको बाढी र पहिरोले ५ मुख्य राजमार्गका विभिन्न ठाउँमा क्षति पुगेको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अरनिको, बीपी, मध्यपहाडी, कान्ति र मेची राजमार्गमा यातायात सुचारु गर्न अझै बाँकी छ। 

अरनिको राजमार्गको लार्चा–कोदारी ५ किमि खण्डमा लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध छ। 

मन्त्रालयका अनुसार लार्चामा ह्युम पाइप÷पेनस्टक पाइप र लिपिङमा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने तयारी छ। 

त्यसैगरी बीपी राजमार्गको चौकीडाँडा–कालढुंगामा १८ किमि खण्डमा अवरोध छ। करिब १२ किमि सडक पूर्णरुपमा बगेकाले बीच बीचमा सवारीसाधन रोकिनपुगेका छ्। मन्त्रालयले दुवै तर्फबाट पहिरो सफा गर्ने काम गरिरहेको छ। रोशी खोलाको पानीको वहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरी अस्थायी रुपमा यातायात सञ्चालन गरिने जनाएको छ। 

यता मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुममा ८० किमि खण्डमा धेरै ठाउँमा पहिरोको अवरोध छ। कतिपय ठाउँमा सडक नै वासआउट भएको, दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ। सडक सफा गरी बर्दिबासबाट बीपी राजमार्ग भएर आउने सवारीसाधनलाई अहिले दोलालघाट हुँदै काठमाडौं प्रवेश गराइने मन्त्रालयले जनाएको छ। 

यता कान्ति राजपथको घपेली–बगुवाको १३ किमि र बागमती पुलको दायाँ–बायाँ एप्रोचमा अवरोध कायम छ। मन्त्रालयका अनुसार मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ। बागमती पुलको एप्रोच छिटोभन्दा छिटो निर्माण गरी सवारीसाधन सुचारु गराइने मन्त्रालयले उल्लेख गरेको छ। 

त्यसैगरी मेची राजमार्गको रमिते–फिदिम ८ किमि खण्ड हेवा पुलसहितमा अवरोध छ। रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको मन्त्रालयले उल्लेख गरेको छ। हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। 

यी सबै राजमार्ग खण्डमा असोज १२ देखि नै सडक विभागमार्फत प्राविधिक, जनशक्ति र उपकरण परिचालन गरी चाँडै सडक खुलाउने प्रयास भइरहेको छ। 

८ पुलमा क्षति 
बाढी र पहिरोले ८ वटा पुलमा क्षति पु¥याएको मन्त्रालयले जनाएको छ। अरनिको राजमार्गको लिपिङ पुलमा १७ मिटर क्षति भएको छ। यहाँ बेलिब्रिज जडान गर्ने मन्त्रालयको तयारी छ। 

त्यसैगरी अरनिको राजमार्गकै लार्चा बेलिब्रिजमा ४५ मिटरमा डाइभर्सन निर्माण गरिने भएको छ। बीपी राजमार्गको सुनकोशी–खैरेनीटार ५० मिटर पुलमा क्षति पुगे पनि मन्त्रालयले के गर्ने खुलाएको छैन। 

बीपी राजमार्गकै सुनकोशी खुर्कोटको ५० मिटर पुलमा बेलिब्रिज जडान गर्न ढुवानी सुरु भएको छ। यता सुनकोशी फोक्सिङटारको ११० मिटर लामो पुलबारे मन्त्रालयले केही बताएको छैन। 

मेची राजमार्गको हेवा खोला पुल ५० मिटरमा डाइभर्सन निर्माण गरिने मन्त्रालयले जनाएको छ। कान्ति लोकपथको बागमती पुलमा १५ मिटर क्षति पु¥याएकाले अप्रोच सडक निर्माण गरी सञ्चालनको तयारी छ। 

यता माईपोखरी–सन्दकपुर इलामको रातेखोला पुल ३५ मिटर र कान्ति राजपथको बागमती पुल ५० मिटरबारे मन्त्रालयले केही बताएको छैन। 

गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकोमा ७७४ स्थानको पहिरो हटई २९ वटा राजमार्गमा विभागी तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको मन्त्रालयले जनाएको छ। अझैसम्म ५ मुख्य राजमार्गका ३१ स्थानमा यातायात अवरुद्ध नै छ। यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ। 

यातायात मन्त्रालयका अनुसार प्रारम्भिक अनुमानमा सडक र पुलतर्फ अस्थायी यातायात चालू गर्न मात्र साढे २ देखि ३ अर्ब रुपैयाँ लाग्ने देखिएको छ भने क्षति भएका सबै संरचना थायी रुपमा पुनर्स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ। 

के गर्दै छ यातायात विभाग? 
बाढी पहिरोको कारण राजमार्ग एवं पुलमा भएको क्षतिका कारण अस्तव्यस्त बन्न पुगेको यातायात क्षेत्र व्यवस्थापन र सञ्चालनका लागि मन्त्रालय तथा यातायात व्यवस्था विभागले विभिन्न पक्षहरुसँग छलफल र परामर्श गरी अवस्था सामान्य बनाउने काम गरिरहेको जनाएको छ।

यसअनुसार बाढी एवं पहिरोमा परी अलपत्र परेका यात्रु र यातायात मजदुरलाई यथाशीघ्र उद्धार र राहत उपलब्ध गराउन गृह मत्रालयलाई अनुरोधसहित पत्राचार भएको छ। 

अरु के हुँदै छ काम—

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .