ad ad

कारोबार


अर्थतन्त्र शिथिलतातर्फ गएपछि लचिलो नीति लिइयो : गभर्नर

अर्थतन्त्र शिथिलतातर्फ गएपछि लचिलो नीति लिइयो : गभर्नर

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १४:३७, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र शिथिलतातर्फ गएपछि मौद्रिक नीति लचिलो बनाइएको बताएका छन्। 

मौद्रिक नीति समक्षिापछि भएको पत्रकार सम्मेलनमा उनले शिथिलता हटाउन लचिलो नीति लिएको बताएका हुन्। मौद्रिक नीतिको समिक्षा मार्फत आएको नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको उनले बताए। 

‘अहिले जुन खालको अर्थतन्त्र देखिएको छ, यसलाई आज राष्ट्र बैंकले अघि रोकेका विषयहरूले चलायमान बनाउन मद्दत गर्छ,’ उनले भने। 

त्यस्तै, उनले राष्ट्र बैंकले अहिलेसम्म लिएको नीतिको कारणले नै अर्थतन्त्र जोगिएको अन्यथा अवस्था अझै तल जाने बताए। राष्ट्र बैंकले बैंकदर घटाउने, पुनःकर्जा, कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरणको व्यवस्था गरेको छ। 

बैंक तथा वित्तीय संस्थालाई सहुलियत दिने क्रममा राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सिडी रेसियो गणना गर्दा ऋणपत्रलाई स्रोतका रुपमा प्रयोग गर्न पाउने सुविधा बढाएर २०८० पुससम्म पुर्‍याएको छ। 

सिडी रेसियो सुविधा ६ महिना थप गर्दा बैंकहरूलाई सहज हुने देखिएको छ।

राष्ट्र बैंकले पछिल्ला दुई त्रैमासमा लगातार ऋणात्मक भएका क्षेत्रका ऋणीहरूलाई पुनःकर्जा सुविधा दिने भएको छ। 

आवश्यकता र औचित्यका आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षीपालन र निर्माण क्षेत्रसँग सम्बन्धित ५ करोडसम्मको कर्जालाई २०८० असारभित्र पुनर्संरचना र पुनतालिकीकरण गर्ने सुविधा पनि दिएको छ। 

अल्पकालीन तथा चालू पुँजी प्रकृतिका कर्जालाई पनि ३ महिनासम्मको म्याद थप्ने सुविधा पनि राष्ट्र बैंकले दिएको छ। सावाँ तथा ब्याज भुक्तानी गर्ने ३ महिनासम्मको अवधिमा थप शुल्क र हर्जना लिन पाइने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .