सेयर बजारमा एक महिनापछि १ अर्ब भन्दा धेरै कारोबार भएको छ।
चैत ३० गते १ अर्ब ६५ करोडको कारोबार भएको थियो। त्यसयता दैनिक एक अर्ब भन्दा कम कारोबार हुँदै आएको थियो।
तर आज (बिहीबार) १ अर्ब ४७ करोडको कारोबार भएको हो। आज ४४ लाख २२ हजार कित्ता सेयर कारोबार भएको छ। आज सेयर परिसूचक ३२ दशमलव ३० अंकले बढेर १ हजार ८ सय ७७ दशमलव ३२ अंक कायम भएको छ।
आज सबैभन्दा धेरै कमाउनेमा हिमालयन उर्जा विकास कम्पनी रहेको छ। जसको सेयर १० प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा एनआईबीएल ग्रोथ फण्ड रहेको छ, जसको बजार आज ३ दशमलव १४ प्रतिशतले गिरावट आएको हो।
27
Shares
प्रतिक्रिया