आज सेयरबजार २५.६६ अंकले बढेको छ। बढेको बजारमा करिब २ अर्बको कारोबार कारोबार भएको हो।
पछिल्लो १२ कारोबार दिन यता दैनिक औसत कारोबार १ अर्ब ८० करोड भइरहेको छ। बजार उतार चढाव बीच बजारमा बिक्रीकर्तासँगै खरिद चाप पनि उत्तिकै देखिनु बजारको लागि सकारात्मक रुपमा हेर्न सकिन्छ।
यता बैंक तथा वित्तीय संस्थाहरुमा समेत तरलता सहज हुँदै गइरहेको छ। तरलता सहज हुँदै जाँदा सेयर धितो कर्जा बढ्ने र पुनः बजार चलाएमान हुने जानकार बताउँछन्।
बजारमा तरलता सहज हुँदा त्यसले बजार सपोर्ट गर्ने उनीहरुको भनाई छ।
आज कारोबारमा आएका २६९ कम्पनीले ५३ लाख ८२ हजार ३४२ पटकको कारोबार हुँदा १ अर्ब ९८ करोडको कारोबार भएको छ।
आज न्यादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशतले बढेको छ। त्यसैगरी सोल्टी होटलको सर्वाधिक ९ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ।
39
Shares
प्रतिक्रिया