ad ad

कारोबार


‘नागरिक दैनिक’को आईपीओ खुला, ३० जेठसम्म आवेदन दिन सकिने

‘नागरिक दैनिक’को आईपीओ खुला, ३० जेठसम्म आवेदन दिन सकिने

नेपालखबर
जेठ २६, २०८० शुक्रबार ११:३०, काठमाडौँ

नागरिक दैनिकको नेपाल रिपब्लिक मिडियाले प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गरेको छ।

जेठ २६ गतेदेखि खुला गरिएको आईपीओका लागि सर्वसाधारण लगानीकर्ताले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। 

कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि ३६ लाख १९ हजार ८९१ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको छ।

निश्चित अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ८ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल 'बी प्लस' इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .