ad ad

कारोबार


सेयरबजारमा १०० कारोबार दिनपछिको उच्च कारोबार, अन्तिम समयमा बिक्रीकर्ता हावी

सेयरबजारमा १०० कारोबार दिनपछिको उच्च कारोबार, अन्तिम समयमा बिक्रीकर्ता हावी

नेपालखबर
जेठ ३१, २०८० बुधबार १६:४०, काठमाडौँ

सेयरबजारमा ५ अर्बको कारोबार भएको छ। सो रकम पछिल्लो १०० औं कारोबार दिनपछिको उच्च हो। २०७९ पुस २५ गते सेयरबजारमा ५ अर्ब ६ करोडको कारोबार भएको थियो। त्यसपछि निरन्तर घट्दै गएको कारोबार पुनः आज ५ अर्ब नाघेको छ।

आज सेयरबजार १६.५२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ।

आज २०२०.२३ विन्दुमा खुलेको बजार दिनभरी बढेर अन्तिम समयमा उतार चढाप देखियो। दिनभरी बढेको बजारमा २ बजेपछि बिक्रीकर्ता हावी हुँदा बजार न्यून २०१६ विन्दुमा आइपुगेको थियो।

अन्तिम ९ मिनेटमा बजार पुनः बढेर २०३७ विन्दुमा पुगेको देखिन्छ।  

बजार उच्च अंकले बढ्दा बिक्रीकर्ता नाफा बुक गर्न लाग्दा बजार साढे २ हजार तल रोकिएको छ।

आज कारोबारमा आएका २७५ कम्पनीको ७९ हजार ४६१ पटकको कारोबार हुँदा ५ अर्बको कारोबार भएको छ।

आज खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता सेयरमूल्य ९९४ रुपैयाँ पुगेको छ। त्यसैगरी हालै मात्रै आईपीओ जारी गरेको सिटि होटलको सेयरमूल्य ९.९५ प्रतिशत र भूगोल इनर्जीको सेयरमूल्य ७.५२ प्रतिशतले बढेको छ।

शिवम सिमेन्टको सर्वाधिक २८ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी हिमालयन डिष्ट्रीलरीको २४ करोड ३३ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १४ करोडको कारोबार भएको छ।

आज बजारमा कुमारी बैंक र सिटि होटलको सेयरमा सर्वाधिक खरिद माग रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .