ad ad

कारोबार


घरजग्गा कारोबार गर्दा प्राकृतिक व्यक्तिलाई साविककै कर लागू : राजश्व विभाग

घरजग्गा कारोबार गर्दा प्राकृतिक व्यक्तिलाई साविककै कर लागू : राजश्व विभाग

नेपालखबर
असार ५, २०८० मंगलबार १५:२१, काठमाडौँ

आन्तरिक राजश्व विभागले व्यक्तिले गर्ने घरजग्गा कारोबारमा पूँजीगत लाभकर अहिलेकै लागू हुने बताएको छ।

नेपाल जग्गा तथा आवास विकास महासंघले आर्थिक ऐनलाई स्पष्ट गराउन माग गरे अनुसार ५ प्रतिशत र ७.५ प्रतिशत नै लागू हुने उल्लेख गरेको छ।

‘प्राकृतिक व्यक्तिले लगानी गरेको घरजग्गा बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको र त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दखिल भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हुने,’ विभागले स्पष्ट बनाएको छ।

छोटो समयमा एउटै जग्गा तथा घर खरिद बिक्री गरेमा ७.५ प्रतिशत पूँजीगतलाभकर तिर्नुपर्छ भने खरिद गरेको लामो समयपछि बिक्री गर्दा ५ प्रतिशत लागू हुने व्यवस्था रहेको छ।

 आर्थिक विधेयक २०८० मा  प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आव २०७६/०७७ देखि

२०७८/०७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्न करको पचास प्रतिशत रकम २०८० चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा व्याज मिनहा हुने उल्लेख गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .