आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५६ अंकले घटेको छ। मंगलबार २६.५६ अंकले घटेर २०६४.८३ विन्दुमा झरेको हो।
कारोबारको सुरूवातमा उकालो लागेको बजार उच्च विन्दु २११७.०६ पुगेर ओरालो लागेको हो। त्यसपछि बजार निरन्तर ओरालो लाग्दै २०६४।८३ विन्दुमा झरेर बन्द भएको छ।
घटेको बजारमा कारोबार समेत घट्न पुगेको हो। आज नेप्सेमा ४ अर्ब ११ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिनमा ४ अर्ब ६५ करोडको करोबार भएको थियो।
कारोबारमा आएका २६८ कम्पनी मध्ये २८ कम्पनीको सेयरमूल्य बढ्यो भने १९३ कम्पनीको घटेको छ। साथै, २ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ।
आज कारोबारमा आएमा मध्ये सिटि होटलको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सर्वाधिक २० करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ।
21
Shares
प्रतिक्रिया