ad ad

कारोबार


नमस्ते पेद्वारा बम्पर अफर स्कुटर र ल्यापटपसहित नयाँ अभियान सुरु

नमस्ते पेद्वारा बम्पर अफर स्कुटर र ल्यापटपसहित नयाँ अभियान सुरु

नेपालखबर
असार ७, २०८० बिहिबार १४:५४, काठमाडौँ

नमस्ते पे ले नयाँ तथा विद्यमान दुवै ग्राहकहरूका लागि विभिन्न अफर र क्यासब्याकका साथ नयाँ अभियान सुरु गरेको छ। यो अभियान २०८० साल असार ४ गतेदेखि सुरु भएको हो।

यस अभियान अन्तरगत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप र स्कुटर जित्ने मौका पाउनेछन्। अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ।

साप्ताहिक अफरहरू जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र उडान टिकटमा १०० प्रतिशत क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ।

त्यसैगरी, दैनिक अफरहरू जस्तै रु. ५०० वालेट ब्यालेन्स, १जीवी डाटा प्याक र रु. १०० क्यासब्याक विशेष गरी नमस्ते पे का नयाँ प्रयोगकर्ताहरूका लागि हुन्। यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्ने छ।

नमस्ते पे  नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .