काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ।
महानगरकी उपप्रमुख सुनिता डंगोलले १३ औँ नगरसभामा २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरिन्।
उनले धुलोरहित काठमाडौं बनाउन १ अर्ब बजेट बिनियोजन गरेको जानकारी दिइन्। धुलोरिहत काठमाडौं निर्माणका लागि विभिन्न सफाइ अभियान चलाउन उक्त बजेट छुट्याएको उनले बताइन्।
त्यस्तै महानगरपालिकाले फोहोर-मैला व्यवस्थापन र वातावरण क्षेत्रको कामका लागि ८७ करोड ९३ लाख रुपैयाँ बजेट छुट्याएको छ।
महानगरले सरसफाई अभियानमा प्रयोग हुने सवारी साधन र उपकरण किन्नका लागि २७ करोड रकम छुट्याएको छ।
60
Shares
प्रतिक्रिया