ad ad

कारोबार


धान उत्पादन बढाउने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

धान उत्पादन बढाउने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

नेपालखबर
असार १५, २०८० शुक्रबार १०:५२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धानको उत्पादन वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। 

२०औँ राष्ट्रिय धान दिवसका अवसरमा आज (शुक्रबार) बिहान शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले धानको उत्पादन बढाउन वर्तमान सरकारले विभिन्न कार्यक्रम कार्यान्वयनमा जोड दिएको बताएका हुन्। 

‘देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिआएको छ’, शभुकामना सन्देशमा भनिएको छ। 

तर पनि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान–चामल आयात बर्सेनि बढिरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। 

सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘यी प्रयासहरूले धान उत्पादन वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको भए तापनि बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बर्सेनि बढ्दै गएको छ।’

थप कुरा तलको शुभकामना सन्देशमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .