चालू आर्थिक वर्षको लागि मौद्रिक नीति आज आउँदै छ। नेपाल राष्ट्र बैंकको बोर्ड बैठकले मौद्रिक नीति पास गरेको हो।
राष्ट्र बैंकले तयार गरेको मौद्रिक नीतिलाई बोर्ड बैठकले पास गरेपछि अब सार्वजनिक गर्ने तयारी गरेको छ।
मौद्रिक नीति सार्वजनिक गरेर राष्ट्र बैंकले पत्रकार सम्मेलन समेत गर्ने भएको छ। पत्रकार सम्मेलनको लागि ३ बजेको समय तय भएको राष्ट्र बैंकले जनाएको छ।
बजेटलाई सहयोग हुने गरि नै मौद्रिक नीति तयार भएको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताइसकेका छन्।
75
Shares
प्रतिक्रिया