बरामद सय किलो सुनको वास्तविक मालिक खोजिरहेको राजस्व अनुसन्धान विभागले काठमाडाैंमा सुन प्रशोधन गर्ने कारखाना फेला पारी सिल गरेको छ।
शुक्रबार र शनिबार विभागको टोलीले काठमाडौंको टोखामा कृषि फार्मभित्र सञ्चालित सुन प्रशोधन गर्ने कारखाना पत्ता लगाएको हो।
उच्च स्रोतका अनुसार त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुन पहिलो चरणमा बालुवाटारमा रहेको ली जिक्वाङको कारखानामा लगी प्रशोधनका लागि टोखा पुर्याउने गरेको पाइएको छ।
‘झण्डै ७ सय किलो सुन त्यहीँ प्रशोधन भएर नेपाली बजार र भारतमा पुर्याइएको पायौँ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘यो सुनका सञ्चालकले नै हङकङबाट साउन २ मा सुन ल्याएको हुनसक्छ। यद्यपि यसको कनेक्सन केलाउने काम भइरहेको छ।’
858
Shares
प्रतिक्रिया