ad ad

कारोबार


नाडा अटो शो २०२३ को लटरी ड्र सकियो, ८२ वटा स्टल रहने

नाडा अटो शो २०२३ को लटरी ड्र सकियो, ८२ वटा स्टल रहने

नेपालखबर
साउन १५, २०८० सोमबार १६:१, काठमाडौँ

नाडा अटोमोबाइल्स एशोसिएसनले वल्ड ट्रेड सेन्टरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ। नाडा अटो एक्सपोमा सहभागी हुने सबै फर्म÷कम्पनीरुले समान अवसर प्राप्त गरोस् भन्ने उद्देश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गरेको हो।

नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोबाइल कम्पनीहरु सहभागी भएका छन्। प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ।

नाडा अटो एक्सपो २०२०, २०२१ र २०२२ कोभिड महामारी लगायत अन्य विभिन्न कारणहरुबाट आयोजना हुन नसकेको अवस्थामा यस बहुप्रतिक्षित नाडा अटो शो २०२३ मा अटोमोबाइल कम्पनीहरुको अत्यधिक सहभागिता भएको उल्लेख गरेको छ।

दर्शकहरुले यस प्रर्दशनीमा विद्युतीय सवारी साधनहरु लगायत चार वर्ष पछी हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने छन्। खासगरी यस प्रदर्शनीमा विभिन्न ब्रान्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामग्रीहरु सहित कूल ८२ वटा स्टलहरु प्रदर्शनीमा रहने छन्।

त्यसैगरी सो प्रदर्शनीमा अटोमोबाइल व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने बैंक तथा इन्स्योरेन्स जस्ता कम्पनीहरु समेतको उल्लेख्य रुपमा सहभागिता रहनेछ। स्मरणीय छ, विभिन्न अवरोधहरुका बाबजुद पनि नाडाले गत वर्ष भव्यताकासाथ नाडा ईभी–एक्सपो २०२२ समेत सम्पन्न गरेको थियो ।

विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसाय अब केही चलायमान हुने अपेक्षा समेत राखिएको छ। नेपालको सबैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुँदै आएको नाडा अटो एक्सपोको १५ औं संस्करणको नाडा अटो एक्सपो २०२३, यही आउँदो २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटीमण्डप परिसरमा आयोजना हुँदैछ।

सो प्रदर्शनीमा सहभागी हुने अटोमोबाइल कम्पनीहरुले आफ्ना नयाँ मोडलका सवारी साधनहरुको बिक्रीका लागि विभिन्न छुट र सुविधा सहितका प्याकेजहरु समेत दिने भएकोले यो प्रदर्शनी विगतका प्रदर्शनीहरु भन्दा थप भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने अपेक्षा राखिएको यस प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अर्ब भन्दा बढीको कारोबार हुने आशा समेत गरिएको छ। त्यसैगरी यस प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोबल एक्सपोजिशन एण्ड मेनजमेन्ट सर्विस प्रालिले गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .