सो क्रममा मोदीले शाहरुख खान, आमिर खान र कंगना रनावतजस्ता दिग्गज कलाकारसँग भेटेका थिए।
सो क्रममा मोदीले कलाकारहरुलाई गान्धीको विचारधारा सिनेमामार्फत् प्रचारप्रसार गर्न अनुरोध गरेका थिए। उनका अनुसार सिनेमामार्फत् नयाँ पुस्तामा गान्धीका बिचार चाँडै सम्प्रेषण हुन्छ।
कार्यक्रममा शाहरुख खान, आमिर खान, कंगना सनावत, ज्याकलिन फर्नान्डेज, एकता कपुर र बोनि कपुरजस्ता चर्चित कलाकार समावेश थिए।
It was a wonderful interaction, says @aamir_khan.
A great way to involve everyone, says @iamsrk.
Two top film personalities talk about the meeting with PM @narendramodi.
Watch this one... pic.twitter.com/hzhJsKDqsG
सबै कलाकारहरु प्रधानमन्त्रीसँग भेट्न पाउँदा खुशी थिए। सो क्रममा शाहरुख र आमिरले प्रधानमन्त्री मोदीसँग सेल्फी खिचेका थिए।
आमिर खानले प्रधानमन्त्रीसँगको भेट शानदार भएको बताए। शाहरुखले मोदीका विचार प्रेरणादायी भएको बताएका थिए। एजेन्सी
प्रतिक्रिया