गायक भीषण मुकारुङले एम्बुलेन्स सञ्चालनका लागि एकल साँझ गर्ने भएका छन्। उनी भोजपुरे सेवा समाज काठमाडौंको आयोजनामा आउने असोज ६ भीषण काठमाडौंको राष्ट्रिय नाचघरमा गुञ्जने छन्।
‘भीषण सांगीतिक साँझ’ नाम दिइएको यो साँझ विशुद्ध सामाजिक सेवाभावका लागि आयोजना हुन लागेको गायक मुकारुङ बताउछन्।
नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ–३ अन्नपूर्णले सञ्चालन गरिरहेको एम्बुलेन्स व्यवस्था सहयोगार्थ यो साँझ हुन लागेको हो। उनले पुण्य कामको एक हिस्सा हुन पाउँदा आफूलाई खुसी लागेको बताए।
गायक मुकारुङ भोजपुर ट्याम्के मैयुङ– ३ कै बासिन्दा हुन्। उनले दुई दशक लामो समय सांगीतिक क्षेत्रमा बिताएका छन्।
108
Shares
प्रतिक्रिया