नेपाल तथा भारतका सिनेमा घरमा आजदेखि फिल्म ‘प्रेमगीत ३’ रिलिज हुँदै छ। पहिलोपटक हिन्दीमा डब भएर भारतीय बजारमा रिलिज हुन लागेकाले पनि देशमा यो फिल्मको बेग्लै चर्चा छ। फिल्मको हिन्दी डब नेपालमा पनि सोमबारदेखि प्रदर्शन हुनेछ।
बलिउड हंगामाले जनाएअनुसार ‘प्रेमगीत ३’को हिन्दी संस्करण भारतका ५ सय हलमा चल्ने छ। फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन १.५ करोडको व्यापार गर्ने निर्माता सुभाष कालेको अनुमान छ।
तर, यो फिल्मले भारतीय बक्स अफिसमा सोचेजस्तो राम्रो शो नपाएको बताइएको छ। भरतका चर्चित ट्रेड रोहित जैसवालले ‘प्रेमगीत ३’ले भारतका ठूला मल्टिप्लेक्स चेनमा शो पाउन नसकेको उल्लेख गरेका छन्।
उनले ट्विट गर्दै फिल्मले शो नपाउनुको कारण पनि बताएका छन्। उनले भनेका छन् ‘प्रेमगीत ३ भारतभरका राष्ट्रिय चेन मल्टिप्लेक्समा शो पाउन असफल भएको छ। कमजोर मार्केटिङ र निक्कै कमजोर ग्राउन्ड हाइपका कारण इन्डो–नेपाली फिल्मको इनिसियल व्यापारमा असर गरेको छ।’
Shares
प्रतिक्रिया