काठमाडौँको थापाथलीमा भएको सुकुमवासी प्रकरणपछि फिल्म ‘६ एकान ६’ को एउटा क्लिप्स भाइरल भइरहेको छ। बागमती किनारमा रहेको सुकुमवासी बस्ती खाली गर्न गएको काठमाडौं महानगरपालिकाको टोलीसँग भएको झडपपछि सुकुमवासीप्रति नै सामाजिक सञ्जालमा विभिन्न खाले प्रश्न उठिरहेका छन्।
यही प्रकरणपछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र एमाले अध्यक्ष केपी ओलीबिच दोहोरी नै पर्यो। सुकुमवासीलाई भिन्न–भिन्न शक्तिले परिचालन गर्ने गरेको भन्दै अहिले टिक्का टिप्पणी पनि भइरहेको छ।
यसैबीच २०७० सालमा दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको फिल्मको भिडिओ क्लिप्स भाइरल भइरहेको छ। दिनेश डीसीले निर्देशन गरेको फिल्म ‘६ एकान ६’ पनि बागमती किनारका सुकुमवासी बस्तीको विषय उठान गरिएको छ। सुकुमवासीको भूमिकामा अभिनेता केदारप्रसाद घिमिरे देखिएका छन्।
भाइरल भइरहेको भिडिओ क्लिप्समा सुकुमवासीलाई पैसा दिएर भिन्न–भिन्न पार्टीले आफ्नो अनुकूलताअनुसार प्रयोग गरिरहेको देखाइएको छ।
हेर्नुहोस् सामाजिक सञ्जालमा भाइरल ‘६ एकान ६’को यो भिडिओ क्लिप्स :
Shares
प्रतिक्रिया