आगामी माघ २७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा प्रेममा आउने उतारचढाव देखाइएको छ। यो फिल्ममा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङलगायत कलाकारले शीर्ष भूमिका निर्वाह गरेका छन्।
कैलाश राईले निर्देशन गरेको फिल्मको एक गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन्। दुई मिनेट लामो ट्रेलरमा पुष्प र वर्षाबीचको प्रेम र त्यसबीचमा आउने खलपात्रसँगको संघर्षलाई प्रस्तुत गरिएको छ। रोमान्टिक रुपमा प्रस्तुत गरिएको वर्षा र पुष्पको चरित्रको केमेस्ट्री आकर्षक देखिएको छ।
प्रेममा आइपर्ने अवरोधको कथा भन्ने यो फिल्ममा पुष्प एक्सन दृश्यसमेत देख्न सकिन्छ। सौरभ इन्टरटेनमेन्ट एन्ड बलाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अरुण तामाङले लगानी गरेका छन्।
33
Shares
प्रतिक्रिया