अभिनेत्री सुरक्षा पन्त अभिनित फिल्म ‘बहाव’को पहिलो गीत सार्वजनिक भएको छ। ‘यो मनोरोग’ बोलको सार्वजनिक गीतमा सुरक्षाको विद्रोह देखाइएको छ। सार्वजनिक गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको म्युजिक प्रोडक्सन छ।
गीत फिल्मकी प्रमुख पात्र सुरक्षावरिपरि घुमेको छ। पानीको बहावलाई पृष्ठभूमीमा राखेर निर्माण गरिएको गीतमा सुरक्षालाई रोमान्टिक, गम्भीर र पागलपन शैलीमा प्रस्तुत गरिएको छ।
प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्ममार्फत गीतमा देखाइएको पानीको बहावजस्तै कथाले पनि प्रमुख पात्र सुरक्षाको जीवनमा आउने बहावलाई देखाउने बताइएको छ। निर्देशक कँडेल भन्छन्, ‘बहाव नयाँ चिजको खोजीमा गरिने विद्रोह हो। यसमा सुरक्षा र कमलमणिबीचको अन्तर्द्वन्द्वपछिको विद्रोहलाई सुरक्षामार्फत देखाउने प्रयास गरेका छौँ।’
स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी चैत २४ गतेदेखि रिलिज हुँदैछ।
फिल्ममा श्रीधर पौडेलले लगानी गरेका छन्। फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्।
Shares
प्रतिक्रिया