साहित्यकार रञ्जना निरौला नयाँ कविता संग्रह ‘द रिदम अफ पेन’ लिएर पाठकमाझ आएकी छन्। उनको नयाँ कविता संग्रह भारतको भुवनेश्वरस्थित स्वस्ति होटेलमा भएको कलिङ साहित्य महोत्सवको अवसर पारेर लोकार्पण गरिएको छ।
कलिङ साहित्य महोत्सवका निर्देशक रश्मि रञ्जन पारिदा, हिमान्सु शेखर, गितिका कोहली, कस्तुरिका तथा नेपालका वरिष्ठ साहित्यकारहरु तुलसी दिवस, दिनेश अधिकारी र कवि रञ्जना निरौलाले सामूहिक रुपमा कविता संग्रहको लोकार्पण गरेका हुन्।
रञ्जनाका कविताविरुद्ध गितिका कोहली, कस्तुरिका, दिनेश अधिकारी र तुलसी दिवसले आफ्ना धारणा प्रस्तुत गरेका छन्। वितास्ता पब्लिकेसन दिल्लीबाट प्रकाशित अंग्रेजी भाषामा लेखिएको निरौलाको नयाँ कविता संग्रह ‘द रिदम अफ पेन’ अमाजन इन्डिया र फ्लिप्कार्ट अनलाइनमा उपलब्ध छ।
उक्त महोत्सवमा नेपालबाट सहभागी साहित्यकार रञ्जना निरौला र सुमित शर्मालाई ओडिसाका गभर्नर प्रोफेसर गनेशी लाल, पद्म विभूषण शिताकान्त महापात्र तथा वरिष्ठ कवि तुलसी दिवसद्वारा बुक अवार्ड प्रदान गरिएको थियो।
कविता संग्रह ‘द रिदम अफ पेन’ को मूल्य १९९ भारु छ।
Shares
प्रतिक्रिया