अभिनेत्री आँचल शर्मा कति वर्ष पुगिन् होला? उनले सोमबार मनाएको जन्मदिनअनुसार उनी भर्खर २५ वर्ष पूरा भइन्।
उनले जन्मदिन मनाएको भिडिओ सामाजिक सञ्जालमा सेयर गरेकी छन्। जसमा केकमा २५ वर्ष लेखिएको छ।
विकिपिडियाअनुसार भने उनले अहिले २८औँ जन्मदिन मनाउनुपर्ने हो। त्यसो त उनी आफैँले २०७५ चैतमा फिल्म ‘दाल भात तरकारी’को टिमसँग २२औँ जन्मदिन मनाएकी थिइन्। त्यस आधारमा पनि अहिले २०७९ मा उनले २६औँ जन्मदिन मनाउनुपर्ने हो। त्यसो त नेपाली फिल्मका नायिकाहरूले आफ्नो वास्तविक उमेर ढाँट्ने कुरा नौलो होइन।
आँचल अभिनित पछिल्लो फिल्म ‘नाई नभन्नु ल ६’ आगामी वैशाखको १ गतेदेखि रिलिज हुँदै छ।
‘नाइँ नभन्नु ल ४’ बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी आँचल म्युजिक भिडिओमा पनि बाक्लै अभियन गर्छिन्।
96
Shares
प्रतिक्रिया