ad ad

कला


प्रियंका भन्छिन् : मेरो सफलतामा असुरक्षित महसुस गर्ने पुरुष मेरै जीवनमा छन्

प्रियंका भन्छिन् : मेरो सफलतामा असुरक्षित महसुस गर्ने पुरुष मेरै जीवनमा छन्

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १६:५८, काठमाडौँ

बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला आफ्नो सिरिज ‘सिटाडेल’लाई लिएर चर्चामा छिन्। प्रियंका फिल्म, अभिनय, उद्योग लगायत समाजका अन्य विषयमा पनि खुलेर कुरा गरिरहेकी हुन्छिन्।

प्रियंका प्रायः लैङ्गिक असमानताको विरुद्धमा बोलिरहेकी हुन्छिन्। यो विषयमा प्रियंकाले पुनः टिप्पणी गरेकी छन्। समाजमा रहेको असमानतामा प्रियंकाले पुरुष दोषी रहेको तर्क प्रस्तुत गरेकी छिन्।

प्रियंकाले आफ्नै जीवनमा रहेका पुरुषले पनि उनको सफलताबाट असुरक्षित महसुस गर्ने गरेको बताएकी छिन्। प्रियंका चोपडाले बलिउडमा एक्लै नाम मात्रै कमाएकी छैनन्, दाम र लोकप्रियता पनि कमाएकी छिन्। उनले यहाँसम्मको यात्रा सहज भने नरहेको बताइन्। 

प्रियंकाले जीवनमा थुप्रै उतारचढाव देखेकी छिन्। उनले विदेशमा नस्लवादको सामना गर्नुपर्दा झण्डै बलिउडबाटै बाहिरिनु परेको थियो। तर उनले यसलाई उनले आफ्नो सफल यात्रामा बाधक बन्न भने दिइनन्।

प्रियंकाले पटक पटक नायक–नायिकाबीच समान पारिश्रमिकको कुरा गरेकी छिन्। आफ्नो २२ वर्षको करियरमा पहिलो पटक प्रियंका चोपडा यो स्थानमा पुगेकी छिन्, जहाँ उनले पुरुष सरह पारिश्रमिक लिने गरेकी छिन्।

यस विषयमा प्रियंका चोपडाले हालै समाचार एजेन्सी एएनआईसँग कुरा गरेकी छिन्। उनले उद्योगमा नायक–नायिकाबीचको असमानताको कारण पुरुषको असुरक्षाको भावना पनि रहेको बताएकी छिन्।

प्रियंकाले भनेकी छिन्, ‘मेरो जीवनमा केही अद्भुत व्यक्तिहरू छन्, जो मेरो सफलतामा रमाउँछन् र आफूलाई असुरक्षित महसुस गर्दैनन्। तर, मेरो जीवनमा केही पुरुषहरू छन् जो मेरो सफलतामा असुरक्षित हुन्छन्।’

प्रियंकाले थप भनिन्, ‘पुरुषहरूले सधैं स्वतन्त्रताको आनन्द उठाएका छन्। उनी परिवारमा पनि प्रमुखको भूमिकामा छन्। यस्तो अवस्थामा जब महिला बढी सफल हुन्छन् र पुरुष घरमै बस्छन्, तब उसले यसलाई आफ्नो लागि खतराको रूपमा लिन्छ’ अभिनेत्रीले थप भनिन्, ‘छोराहरूलाई यस्तो तरिकाले हुर्काउनुपर्छ कि लिंग भेदभाव जस्ता कुरा दिमागमा नआओस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .