ad ad

कला


प्रकाश सपुतको ‘सकम्बरी’ सात दिनमै करोड क्लबमा

प्रकाश सपुतको ‘सकम्बरी’ सात दिनमै करोड क्लबमा

फाइल तस्बिर


नेपालखबर
बैशाख ७, २०८० बिहिबार १६:१५, काठमाडौँ

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले नेपालमा सबैभन्दा चाँडो करोड क्लबमा पुगेको छ।

युट्युबमा नयाँ रेकर्ड राख्दै यो गीत बुधबार दिउँसो करोड क्बलमा दर्ता भएको हो। 

सात दिनअघि सार्वजनिक यो गीतले बिहीबार दिउँसो ३ बजेर २१ मिनेटमा एक करोड भ्युज पार गर्दै कीर्तिमान बनाएको हो। 

यससँगै ‘सकम्बरी’ नेपालमा सबैभन्दा छिटो करोड भ्युज पाउने पहिलो युट्युब सामग्री पनि हुन सफल भएको छ। 

गायक प्रकाश सपुतले यो गीत आफ्नै नामको युट्युब च्यानलमा गत चैत २६ गते (अप्रिल १३) मा सार्वजनिक गरेका थिए। 

सार्वजनिक भएको भोलिपल्ट नै नेपालभित्र टप ट्रेन्डिङ यो गीत अहिले पनि १ नम्बरमा यथावत छ। 

यो गीति भिडिओ टिकटकदेखि अन्य सामाजिक सञ्जालमा लोकप्रिय भएको छ। अहिलेसम्म यो गीतको भिडिओमा कमेन्ट गर्नेको संख्या नै १९ हजार नाघेको छ।

यो गीत सार्वजनिक भएदेखि विवाद पनि भइरहेको छ। गीतमार्फत महिलाको चरित्रमा प्रश्न उठाएको भन्दै केहीले विरोधका स्वर पनि उरालेका छन्। 

गाउँबाट सहरमा करिअर बनाउन छिरेकी युवतीको कथा बुनिएको यो गीतले महिलाहरुको अपमान गरेको उनीहरुको तर्क छ।

युवतीले पैसाका लागि आफ्नो शरीर अरुलाई सुम्पिएको देखाइएपछि केही महिलावादीहरुले आक्रोश पोखिरहेका छन्। यद्यपि सपुतले यो गीतले सहरमा बसेका केही युवतीहरुको वास्तविकता देखाएको दाबी गरेका छन्। 

उनले यो गीति भिडिओबाट मनोरञ्जनसहितका क्षेत्रमा हुने यौन हिंसा र उत्पीडतलाई देखाइएको बताएका छन्। तर केहीले भने समग्र महिलाको चरित्रमाथि प्रश्न उठाउने यो गीत हटाउनुपर्ने तर्क गरेका छन्। 

यसअघि माओवादी द्वन्द्वमा जोडिएकी युवतीलाई केन्द्रमा राखेर बनाइएको प्रकाशकै ‘पिर’ बोलको गीतको म्युजिक भिडिओले सातामै करोड भ्युजको रेकर्ड बनाएको थियो।

 तर माओवादी नेता कार्यकर्ताले चर्को आलोचना गरेपछि उनले माओवादी छापामार महिलाले आफ्नो शरीर बेच्न मोलमोलाइ गरिरहेको दृश्य हटाएर अपलोड गरिएको थियो। 

सबैभन्दा चाँडो करोड भ्युज पाउने प्रकाश सपुतकै दुई म्युजिक भिडिओपछि तेस्रो नम्बरमा विष्णु माझीको ‘चरी जेलैमा’ छ। जसले युट्युबमा अपलोड भएको १२ दिनभित्रमै करोड भ्युज पाउन सफल भएको थियो।  

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .