निर्माणको तयारीमा रहेको फिल्म ‘दौँतरी’को शीर्ष भूमिकामा अभिनेत्री गरिमा शर्मा अनुबन्ध भएकी छन्।
मधुसूदन भट्टराईले निर्देशन गर्ने यो फिल्ममा गरिमा अनुबन्ध भएसँगै शीर्ष कलाकारको लाइनअप पूरा भएको छ।
यो फिल्ममा दुई अभिनेत्री शीर्ष भूमिकामा देखिने निर्देशक भट्टराईले जानकारी दिए। ‘एउटा अब्बल भूमिकामा गरिमा देखिनेछिन्’, भट्टराईले भने।
जय माँ दुर्गे फिल्म्स्ले निर्माण गर्ने फिल्ममा गरिमाका साथै आर्यन सिग्देल, मुकुन भुसाल र साक्षी लम्सालले शीर्ष भूमिका निर्वाह गर्नेछन्।
छिरिङ तुण्डु शेर्पा र विजय चन्दले लगानी गर्ने फिल्मको छायांकन वैशाखको अन्त्यमा सुरु हुने छ। म्युजिक भिडिओमा स्थापित गरिमाले अभिनय गरेको पहिलो फिल्म ‘लन्डन टु पेरिस’ प्रदर्शन हुन बाँकी छ।
27
Shares
प्रतिक्रिया