ad ad

राजनीति


रास्वपा केन्द्रीय समितिको बैठक सुरु, यी हुन् एजेन्डा

रास्वपा केन्द्रीय समितिको बैठक सुरु, यी हुन् एजेन्डा

फाइल तस्बिर


नेपालखबर
बैशाख १८, २०८० सोमबार ११:१५, काठमाडौँ

सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्नेलगायत विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

काठमाडौँको बसुन्धरास्थित रास्वपा केन्द्रीय कार्यालयमा बैठक केही बेरअघि सुरु भएको हो। 

बैठकले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयनबारे औपचारिक निर्णय गर्ने रास्वपा महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालले जानकारी दिए। 

साथै बैठकले वर्तमान सरकारलाई दिइएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने विषयमा पनि छलफल गर्ने उनले बताए। ‘आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा पनि छलफल हुन्छ’, प्रवक्ता ढकालले भने, ‘हिजो सभापतिज्यूले प्रधानमन्त्रीसँग गरेको भेटको ब्रिफिङ पनि गर्नुहुनेछ।’

हिजो आइतबार बालुवाटार पुगेर रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। त्यस क्रममा पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकामा प्रधानमन्त्रीले लामिछानेलाई बधाई दिएका थिए भने सरकारमा सामेल हुन आग्रह पनि गरेका थिए। 

साथै बैठकमा चुनावी समीक्षा, सरकारमा जाने, नजाने, संगठन विस्तार, केन्द्रीय विभागको प्रमुख चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने रास्वपाका एक पदाधिकारीले जानकारी दिए। 

केन्द्रीय समितिको बैठकपछि आजै दिउँसो ३ बजे  संसदीय दलको बैठक पनि बस्ने रास्वपाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .