अभिनेत्री जसिता जुरुङ र नायक अनमोल केसीलाई लिएर निर्माता रोहित अधिकारीले फिल्म बनाउने भएका छन्।
रोहितभन्दा अघि जसिता र अनमोललाई लिएर निर्माता भुवन केसीले फिल्म बनाउने घोषणा गरेका थिए। भुवनले ‘एन्टी हिरो’ र ‘पारस’ दुई फिल्ममा काम गराउने घोषणा गरे। तर यी दुवै फिल्म निर्माण भएनन्।
भुवनले अनमोल र जसितालाई सँगै पर्दामा देखाउने घोषणा गरेसँगै दर्शक अनमोल र जसितालाई पर्दामा हेर्न आतुर थिए। दर्शकको यो चाहाना अब भने पुरा हुने भएको छ। निर्माता रोहित अधिकारीले आफ्नो नयाँ फिल्म ‘फर्की फर्की’मा रोहित र अनमोलसँग औपचारिक सम्झौता गरेका छन्।
यो फिल्म सुयोग गुरुङले निर्देशन गर्नेछन्। फिल्म जेठको अन्तिम साताबाट छायांकनमा जाने छ। जेठको अन्तिम साता वर्षा धेरै भएको खण्डमा भने फिल्मको छायांकन भदौमा सार्ने रोहितको तयारी छ।
निर्माता रोहित अधिकारी खगेन्द्र लामिछाने र दिव्या रायमाझीलाई लिएर नयाँ फिल्म ‘वरिष्ठ बलराम’ निर्माणको घोषणा गरिसकेका छन्।
Shares
प्रतिक्रिया