भारतीय अभिनेता आदित्य सिंह राजपुतको निधन भएको छ। राजपूतको शव मुम्बईको अंधेरीस्थित अपार्टमेन्टमा भेटिएको मुम्बई प्रहरीले जनाएको छ।
उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
उनको शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ। पोष्टमार्टमपछि मात्र उनको मृत्युको कारण थाहा हुने प्रहरीले बताएको छ।
राजपुतले आफ्नो करियर मोडलिङबाट सुरु गरेका थिए। पछि उनले चलचित्र र टिभी कार्यक्रममा पनि काम गरे। उनले ‘स्प्लिट्सभिला’को चर्चा पाए।
उनी कास्टिङ निर्देशक पनि थिए।
1.1k
Shares
प्रतिक्रिया