ad ad

कला


‘तिम्रा नेता बिग्रिए’ भन्दै जनता जगाउँदै पशुपति शर्मा

‘तिम्रा नेता बिग्रिए’ भन्दै जनता जगाउँदै पशुपति शर्मा

नेपालखबर
जेठ ३१, २०८० बुधबार १३:३३, काठमाडौँ

गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले गीतमार्फत् जनतालाई जागरुक हुन आग्रह गरेका छन्।

शर्माले आफ्नै शब्द, संगीत र स्वरमा ‘तिम्रा नेता बिग्रिए, जाग जनता’बोलको गीत बजारमा ल्याएका हुन्। उनले सार्वजनिक गीतमार्फत् नेताहरूलाई खबरदारी गर्दै जनतालाई जागरुक हुन आग्रह गरेका हुन्।

शर्माले आफूले भोट हालेर जिताएका नेता बिग्रिए देश नै बिग्रिने बताउँदै जनतालाई जागरुक हुन भनिरहेका छन्। अहिले जनता बाठा भएको बताउँदै झुक्याउने दिन गएको चेतावनी पनि उनले नेतालाई दिइरहेका छन्।

युवापुस्तामा रहेको विदेश मोहदेखि कर्मचारी बिग्रिएका कुरालाई समेत उनले गीतमा व्यक्त गरेका छन्। गीतको भिडिओमा पशुपति स्वयम् देखिएका छन्। उनीहातमा माइक बोकेर जनता जगाउँदै हिँडेका भिडिओमा देखिन्छ।

दुर्गा पौडेलको छायांकन एवं निर्देशन रहेको भिडियो प्रकाश धमलाले सम्पादन गरेका छन्। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .