दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ यतिबेला सामाजिक सञ्जालमा 'मेम मटेरियल' बनेको छ।
फिल्मको संवाददेखि विषवस्तुसम्मको चर्को आलोचना भइरहेको छ। विवादकै बीच फिल्म निर्माण टिमलाई नकारात्मक समीक्षा हटाउन घूस दिएको आरोप लागेको छ।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसटहरू सार्वजनिक गर्दै नकारात्मक टिप्पणीहरू हटाउन फिल्म निर्माण टिमले घूस दिन खोजेको आरोप लगाइरहेका छन्।
तर विवादका बीच फिल्मले पहिलो दिन विश्वभर १४० करोडको कलेक्सन गरेको छ। ओम राउत निर्देशित यस फिल्ममा प्रभास, सैफ अली खान र कृति सेनले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
189
Shares
प्रतिक्रिया