ad ad

राजनीति


बाबुराम पनि सहमत भएपछि समाजवादी मोर्चा घोषणा भोलि नै

बाबुराम पनि सहमत भएपछि समाजवादी मोर्चा घोषणा भोलि नै

नेपालखबर
असार ३, २०८० आइतबार १२:१८, काठमाडौँ

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई पनि समेटिन तयार भएपछि नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा भोलि (असार ४ गते) नै घोषणा गरिने भएको छ। 

यसअघि आइतबार (आज) बिहान प्रधानमन्त्री प्रचण्डसहित चार दलका शीर्ष नेताबीच बालुवाटारमा भएको छलफल (जसमा बाबुराम सहभागी भएका थिएनन्) ले मोर्चा असार ५ गते घोषणा गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए। 

तर समाजवादी मोर्चामा बाबुराम पनि सहभागी हुन सहमत भएपछि मोर्चालाई पछि बृहत् बनाउने गरी भोलि नै घोषणा गर्ने तय भएको हो। 

‘राष्ट्रिय सभागृहबाट भोलि (असार ४ गते) समाजवादी मोर्चा घोषणा हुन्छ’, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्रमान श्रेष्ठले नेपालखबरसँग भने, ‘अहिलेसम्म छलफलमा रहेका दल (माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी) बीच भोलि नै मोर्चा घोषणा गर्छौं र पछि अन्य दललाई समेटेर मोर्चालाई बृहत् बनाउँछौँ।’

सोमबार अपराह्न मोर्चा घोषणा गरिने उनको भनाइ छ। 

माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि भोलि (सोमबार) समाजवादी मोर्चा घोषणा गरिने नेपालखबरसँग बताए। 

‘बाबुरामजी (नेसपा) पनि आउने निश्चित भएको छ’, उनले भने।

स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी मोर्चा घोषणा हुनेछ। प्रगतिशील र समाजवादी शक्तिहरुको गठबन्धनलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .