लामो समय देखि अस्ट्रेलियामै रहेर हिट म्युजिक भिडियोहरु निर्देशन गरेर कहलिएका निर्देशक जीवन रसाईली अब भने गायनमा पनि जम्ने कोसिसमा छन्।
गायक रसाईलीको नयाँ गीत ‘अमिलो निबुवा’ को म्युजिक भिडियो रिलिज भएको छ। दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुसल सिंहको एरेन्ज रहेको छ भने गायक रसाईलीलाई गायीका निकिता थापाले साथ दिएकी छिन्।
‘अमिलो निबुवा’मा टिकटकका सर्वाधिक हिट ट्वीन गर्लस् प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा, दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ, शिशिर भण्डारीको साथ मिलन शंकरको अभिनय रहेको छ। जुन टिमको यस अघिको ‘हाम्रो माया जिन्दावाद’ अत्त्यधिक मन पराइएको थियो। हाम्रो माया जिन्दावाद बोलको सफलता पछि सार्वजनिक भएको उक्त डान्सिङ गीतमा माया पिरतीको भाव समावेश गरिएको छ।
‘अमिलो निबुवा’ भिडियोमा नबराज उप्रेतीले छायाँकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको नै निर्देशन रहेको छ।
हाल अस्ट्रेलियाको लोकप्रिय नेपाली च्यानल ‘हेल्लो अस्ट्रेलिया टिभी’मा आबद्ध गायक जीवन रसाईलीले यस अघि पनि धेरै सामजिक चेतनाका र कमर्सियल गीतहरु गाइसकेका छन भने उनले नेपली लगायत पन्जाबी, हिन्दी , भियतनामी ,इंग्लिश गीतको म्युजिक भिडियोको निर्देशन गरिसकेका छन्।
प्रतिक्रिया