ad ad

कला


सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ को आक्रामक अग्रिम टिकट बुकिङ

सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ को आक्रामक अग्रिम टिकट बुकिङ

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १२:५२, काठमाडौँ

सलमान खान स्टारर बलिउड फिल्म ‘टाइगर ३’ कात्तिक २६ गतेबाट रिलिज हुँदैछ। रिलिज मिति नजिकिएसँगै शनिबारबाट फिल्मको अग्रिम टिकट बुकिङ खुलिसकेको छ। अग्रिम बुकिङ खुलेको पहिलो दिननै ‘टाइगर ३’ ले अग्रिम बुकिङमा आक्रामक सुरुवात गरेको छ।

यस फिल्मको हिन्दी भर्सनको मात्रै शनिबार टुडीमा ८९ लाख ६४ हजार भारतीय रुपैयाँ बराबरको ३२ हजार १९२ टिकट बिक्री भइसकेको छ। त्यसैगरि, आईम्याक्स स्क्रिनबाट साढे पाँच लाख बराबरको ८३१ टिकट सोल्डआउट भइसकेका छन्।

सबै भाषासहित ९५ लाख ६२ हजार भारुको ३३ हजार टिकट बिक्री भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जुन ३ हजार ९३३ शोहरुबाफतको अग्रिम बुकिङको तथ्याङ् हो।
भारतमा मात्रै नभई यस फिल्मले विदेशमा पनि अग्रिम बुकिङमा सुखद सुरुवात गरेको छ। अमेरिकामा मात्रै एक लाख डलर बराबरको एडभान्स बुकिङ भइसकेको छ।

 
‘टाइगर ३’ मा सलमानसहित कट्रिना कैफ, इमरान हासमी, शाहरुख खान लगायतको अभिनय रहेको छ। यसैबीच, टाइगरको तेस्रो सिरिजमा ऋतिक रोशनको केमियो रोल हुने निर्माण टिमले घोषणा गरिसकेको छ। जुन खबरले दर्शकहरुमा थप उत्साह थपेको छ।

मनीष शर्मा निर्देशित यो फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा समेत रिलिज हुनेछ।

यो फिल्म ‘एक था टाइगर’ को सिरिज हो। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ मा पनि सलमान नै मुख्य भूमिकामा देखिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .