वरिष्ठ लोकगायिका तीर्थ कुमारी थापाको सांगीतिक एकल साँझ हुने भएको छ। आगामी मंसीर ८ गते राष्ट्रिय नाचघरमा हुने ‘तीर्थ कुमारी स्वर्णिम साँझ’ मा उनले आफ्ना चर्चित दुई दर्जन गीतहरु गाउनेछिन्।
विगत पचास वर्षदेखि सांगीतिक यात्रामा सक्रिय थापाको यो पहिलो एकल सांगीतिक कार्यक्रम हो। अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजनामा हुने कार्यक्रमको सहआयोजक काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्स्ट्रक्सन प्राली हुन्। कार्यक्रममा प्रवेशको लागि एक हजारदेखि दुई हजार रुपैयाँसम्मको टिकट दर तोकिएको छ।
थापाको स्वर रहेका ‘म त खाँदिन कुवाको पानी,’ ‘डाँडामामाथि बिहानै,’ ‘ढुंगे बगर,’ ‘बारीको डिलमा ओखरबोट,’ ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ,’ ‘झम्के फुली नाकैमा बुलाँकी,’ ‘कति बोलाउँ सुरेली पुग्दैन,’ ‘माछी मारन हो दाइ हो’ लगायतका गीतहरु लोकप्रिय छन्।
9
Shares
प्रतिक्रिया