विक्की कौशलको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘साम बहादुर’ को ट्रेलरसँगै प्रदर्शन मिति तोकिएको छ।
यस फिल्मले डिसेम्बर १ को लागि रिलिज मिति तोकेपछि रणवीर कपुरको ‘एमिमल’ सँग जुध्ने पक्का भएको हो।
बहुप्रतिक्षित फिल्म ‘एनिमल’ रणवीर र रश्मिका मन्डाना, अनिल कपुर, बबी देओल, तृप्ति डिमरी मुख्य भूमिकामा छन्।
सन्दीप रेड्डी वांगाको निर्देशन/लेखन रहेको यो फिल्म पाँच भाषामा रिलिज हुनेछ।
‘साम बहादुर’ भारतीय सेना तथा आठौँ गोर्खा रेजिमेन्टका पूर्वप्रमुख साम मनेक्सको जीवनीमा आधारित छ।
जो सन् १९७१ मा भएको भारत र पाकिस्तानको युद्धका बेला भारतीय सेना प्रमुख थिए। फिल्ममा मनेक्सको भूमिकामा विक्की देखिएका छन्।
51
Shares
प्रतिक्रिया