ad ad

कला


हलहरूले शो नदिए शुक्रबारबाट दिमाग खराबको प्रदर्शन रोक्ने निर्माण टोलीको घोषणा (भिडिओ)

हलहरूले शो नदिए शुक्रबारबाट दिमाग खराबको प्रदर्शन रोक्ने निर्माण टोलीको घोषणा (भिडिओ)

नेपालखबर
कात्तिक २९, २०८० बुधबार १५:३४, काठमाडौँ

हलहरूमा पछिल्लो समय उत्साहजनक व्यापार गरिरहेको चलचित्र ‘दिमाग खराब’को निर्माण टोलीले हलहरूप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन रोक्ने चेतावनी दिएको छ। 

नेपाली र विदेशी फिल्महरूलाई बराबर शो नदिएको र फिल्म लागिरहने बेलासम्म ५० प्रतिशत प्रोड्युसरलाई नदिएको भन्दै ‘दिमाग खराब’को निर्माण पक्षले असन्तुष्टि राखेको हो। 

चलचित्रका निर्देशक निश्चल बस्नेतले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमा हलहरूले विभेद गरेको कारणले दर्शकसम्म पुर्‍याउनका लागि अन्य विकल्प खोज्ने निर्णय भएको जानकारी गराएका छन्। 

‘ब्रिकम कँडेल र मैले बसेर निर्णय गरेका छौं, आउने शुक्रबारदेखि विदेशी फिल्म र नेपाली फिल्मको बराबर शो हुन्छ भने हामी प्रोड्युसरले ५० प्रतिशत पाउँदैन त्यतिबेलासम्म यो फिल्म नचलाउने निर्णय गरेका छौं,’ उनले भने। 

हलमा आक्रमक व्यापार गरिरहेको यो चलचित्र निर्माणका लागिग ४ करोड बढी लगानी भएको बस्नेतको गुनासो छ। 

‘यो फिल्म धेरैभन्दा दर्शकले हेनुहोस् भन्ने हाम्रो चाहना हो। तर हामीले हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं भने चाहिँ हामीले थिएटरमा फिल्म नलगाएर अल्टरनेट वे (बैकल्पिक बाटो) बाट यो फिल्मलाई देखाउने प्रबन्ध मिलाउँछौं,’ उनले भने, ‘हामीलाई धेरैभन्दा धेरै दर्शकलाई यो फिल्म देखाउँछौं। यदी थिएटरले हामी वा नेपाली फिल्मलाई प्राथमिकतामा राख्छ भने हामीले पनि यो माध्यम परिवर्तन गर्नुपर्छ भन्ने लागेको छ।’

सोचविचार गरेरै यो निर्णयमा पुग्न परेको भन्दै यी दुई कन्डिसन नमानेको खण्डमा अर्को विकल्प खोज्ने उनले बताएका हुन्। 

‘उहाँहरूले हाम्रो कन्डिसन मानेको खण्डमा फिल्म प्रशारणमा रोक लगाउँदैनौं,’ बस्नेतले भने।

उनले नेपालमा फिल्म हलहरूले कसरी स्क्रिनिङ हुन्छ भन्ने कुराको लामो व्याख्या समेत गरे। आफूहरूले व्यापारका लागि मात्रै नभई दर्शकलाई जानकारी गराउनैपर्छ भनेर यो निर्णयको जानकारी गराएको पनि बताएका छन्। 

‘जुन हिसाबले हामीलाई यहाँको स्क्रिनिङ (शो) मिलेको छ, यो कुराले त्यति साह्रै चित्त बुझेको छैन। हामी एउटा राम्रो फिल्म बनाऔं भनेर प्रयास गर्दा पनि जति सकेका छौं गरेका छौं। जतिले हेर्नुभएको छ हामी एकदमै राम्रो फिडब्याक (प्रतिक्रिया) दिनुभएको छ। जतिले फिल्म हेर्नुभएको छ उहाँहरूलाई धन्यवाद,’ उनले अघि भनेका छन्, ‘यो व्यापारको कुरा मात्रै होइन। फिल्म स्क्रिनिङ कसरी हुन्छ भनेर। यो फिल्म बनाउन ४ करोडभन्दा बढी लगानी राखेको छ।’

चलचित्रको ‘वर्ड अफ माउथ’ एकदमै राम्रो भइरहेको उनले बताए। ‘सुरुमा फिल्म लाग्दा  पहिलो र दोस्रो दिन राम्रो अकुपेन्सी थिएन। मान्छे नै हलमा नआएपछि हामीले केही भनेनौं। आइतबारदेखि फिल्मले राम्रो पिकअप लिन थाल्यो। तर तपाईंले पनि हेर्नुभयो भने नेपाली फिल्मलाई दिएको शो र नेपाली फिल्मलाई दिएको शोको अन्तर वेबसाइटमै हेर्न सक्नुहुन्छ,’ उनले भनेका छन्।

‘नेपाली फिल्म राम्रो हुँदा हुँदै शो त्यो हिसाबमा बाँडिने हो भने हामी फिल्म मेकरले कसरी अगाडी बढ्ने?’, निर्देशक बस्नेतको प्रश्न छ।

‘हामीले जति लगानी गरेका छौं त्यो सुरक्षित पार्नको लागि भए पनि बिजनेस राम्रो हुँदै जानुपर्यो। दर्शकहरूले साथ दिइरहनुभएको छ, तर विदेशी फिल्मले १० वटा शो पाएका छन्। यो चिज ठिक नलागेरै यो कदम उठाऔं भनेर लागेका हौं,’ उनले भनेका छन्।

निश्चललेको निर्देशन रहेको चलचित्र ‘दिमाग खराब’मा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .